Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु ठिक कि बेठिक ??

बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु ठिक कि बेठिक ??

हामीहरुमध्ये धेरैले बिहान उठ्ने बित्तिकै चिया- कफी खाने गर्दछौं । तर, स्वास्थ्यका दृष्टिकोणले भने बिहान उठ्ने बित्तिकै चिया वा कफी खानु उपर्युक्त हुँदैन । बिहानको समयमा कफी पिउँदा भोक मेटिन्छ । तर, यसले स्वास्थ्यमा भने खराब असर पुर्‍याउँछ । बिहान पिएको कफीले मुटुमा हानी गर्नुका साथै अनावश्यक क्यालोरी बढाउने काम गर्छ । यसका साथै बिहान खाली पेटमा चिया वा कफी खाने गर्नाले पेटमा ग्यास भरिने, अपच हुने आदि हुनसक्छ र पछि त्यसले ग्यास्ट्रिक, अल्सरको रुप पनि लिन सक्छ । त्यसैले बिहान उठ्ने बित्तिकै पानी पिउनुपर्छ। बिहानमा चिया वा कफीको ठाउँमा जुस पिउँदा स्वास्थलाई फाइदा हुन्छ ।बिहान खाली पेटमा कसैको नास्ता खाने बानी हुन्छ । खाली पेटमा खाने खानेकुरा जहिले पनि हल्का हुनुपर्छ । त्यसैले बिहान चियासँग पराठा खाने वा बिहानमा चिल्लोमा पकाएको अथवा तेलमा तारेको खानेकुरा खाने बानी छ भने, त्यो बानी हटाउनुपर्छ । यस प्रकारको बानीले सुरुमा ग्यास्ट्रिकको समस्या देखिन्छ र पछि, त्यो बढ्दै गएर ठूलो रुप लिदै जान्छ । ब्रेकफस्ट के कस्ता खानेकुरा खानुपर्छ भनेर धेरैलाई थाहा नहुन सक्छ । ब्रेकफास्टमा लिइने खानेकुरा गलत पर्दा स्वास्थ्यलाई ठूलो नोक्सानी हुन्छ । खाजामा बिस्कुट, कुकिजको प्रयोग गर्नुहुन्छ भने आजैबाट छोडिहाल्नुस् । यसको प्रयोगले फ्याट बढाउनुका साथै पाचन प्रक्रियामा पनि असर पुर्‍याउँछ । बरु विकल्पमा फ्याट फ्री अन्डा, चनालगायतको प्रयोग गर्न सकिन्छ । यस्तो खाजाले तौलसमेत सन्तुलनमा राख्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *