Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछ। जसमध्ये दुई खेलमा एन्फा कम्प्लेक्स र एक खेल हलचोकमा हुनेछ। बिहान ११ बजे एन्फा कम्प्लेक्समा लिग लिडर मनाङ मर्स्याङ्दीले जावलाखेल युथ क्लबसँग खेल्दैछ। जावलाखेललाई हराउँदै मनाङसामु तीन अंकको अग्रता बनाउने अवसर छ। मनाङको पाँच खेलबाट १५ अंक छ भने एक खेल बढी खेलेको संकटाले पनि १५ अंक नै जोडेको छ तर गोलअन्तरमा पछि छ। यस्तै साढे २ बजे हलचोकमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लब भिड्दैछन्। साढे २ बजे नै हलचोकमा थ्री स्टारले सरस्वती युथ क्लबसँग खेल्दैछ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *