Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

खोटाङमा एक महिला मृत फेला

खोटाङमा एक महिला मृत फेला

खोटाङमा एक महिला मृत फेला परेकी छन्। हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेकी सम्झना राई आफ्नै घरमा मृत फेला परेकी हुन्। वैदेशिक रोजगारीका क्रममा श्रीमान् विदेश रहेका बेला २ वर्षकी छोरीसँग घरमै बस्दै आएकी राई सोमबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। आफन्तले उनको मृत्युलाई शंकास्पद मानेका छन्। घटना प्रकृति हेर्दा आत्महत्या नभई हत्या गरेको अनुमान गरिएको मृतककी काका पार्जुन राईले बताए। उनका अनुसार घुँडाले जमिन छोएको, जमिनमा रगत खसेको, दायाँ कुममा रगत पोतिएको, दिशा–पिसाव नदेखिएको अवस्थामा मृतकको शव फेला परेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी माइती घर भएका राईको मृत्यु संकास्पद भएको भन्दै आफन्तले छानबिन गरी कारबाही अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको बताएका छन्। महिलाको आत्महत्या वा हत्या भएको विषय मृतकको पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने भएकाले पोष्टमार्टम रिपोर्टपछि मात्र आवश्यक कारबाही प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। मृतकको शव पोष्टमार्टमपछि माइतीपक्षले जिम्मा लिएका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *