Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

गोपी दाहालको शब्द रहेको ‘सुनको मन्दिर’ बोलको गीतमा अन्जली अधिकारीको यस्तो हट अवतार (भिडियो सहित)

गोपी दाहालको शब्द रहेको  ‘सुनको मन्दिर’ बोलको गीतमा अन्जली अधिकारीको यस्तो हट अवतार (भिडियो सहित)

दर्पण मिडियाको प्रस्तुति रहेको नया म्युजिक भिडियो रिलिज भएको छ | गायक बाल न्यौपानेको स्वरमा सजेको ‘सुनको मन्दिर’ बोलको गीत र म्युजिक भिडियो आज दर्पण मिडियाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो | गोपी दाहालको शब्द रहेको उक्त गीतमा जितेन्द्र गिरीको संगीत रहेको छ | त्यसै गरी गीतमा महाराज थापाको अरेन्ज र मिन बिष्टको मिक्सीङ रहेको छ | प्रेम भाव मिश्रण गरेर तयार गरिएको गीतको म्युजिक भिडियो पनि उत्तिकै राम्रो बनेको छ | चलचित्र निर्देशक सौरभ ढकालको निर्देशनमा यस गीतको म्युजिक भिडियो तयार भएको छ |

भिडियोमा निरन्जन जंग थापाको छायांकन र सौरभ ढकालकै सम्पादन रहेको छ | भिडियोमा दिवस धिताल र अन्जली अधिकारीको अभिनय रहेको छ | भिडियोमा कमेडी कन्सेप्टको सुन्दर मिश्रण र कलाकारको अभिनयले भिडियोलाई थप उत्कृष्ट बनाएको छ | गायक बाल न्यौपानेको यो पहिलो गीत हो | उनको पहिलो एल्बम ‘प्रशंसा’ मा यो गीत समावेश रहेको छ | लामो समय देखि अमेरिकामा नै बसेर जीवन चलाईरहेका गायक बाल न्यौपानेको नेपाली सांगीतिक क्षेत्रमा यो पहिलो पाईला हो | यस्तै उनले गीत र भिडियो हेरेर प्रतिक्रिया दिनुहुनको लागि पनि सबै दर्शक श्रोता संग आग्रह गरेका छन् | हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *