Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

प्रेम-उपन्यास ‘समर लभ’माथि बनेको सिनेमाको पहिलो गीत रिलिज (भिडिया सहित )

प्रेम-उपन्यास ‘समर लभ’माथि बनेको  सिनेमाको पहिलो गीत रिलिज (भिडिया  सहित )

सविन भट्टराई लिखित चर्चित प्रेम-उपन्यास ‘समर लभ’माथि बनेको सोही नाममा बनेको सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ। सिनेमाले ‘साया…’ बोलको शीर्ष गीत रिलिज गरेको हो। गीतमा साया र अतित बनेका आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन् । मुस्कान ढकाल सिनेमाका निर्देशक हुन्। प्रेमकथामा आधारित यो सिनेमा माघ २५ गते भ्यालेन्टाइन डेका दिन रिलिज हुँदैछ। गीतमा स्वर पुष्पन प्रधान र बानिका प्रधानको युगल स्वर छ । गीतमा शब्द तथा संगीत पनि पुष्पन प्रधानको नै रहेको छ । सिनेमामा आशिष पिया र रेवती क्षेत्रीका अलवा सुरज सिंह ठकुरी, सरोज खनाल, ओम प्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *