Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

मिस वर्ल्ड २०१८: श्रृंखला खतिवडा प्रतियाेगिताकाे फाइनलमा

मिस वर्ल्ड २०१८:  श्रृंखला खतिवडा प्रतियाेगिताकाे फाइनलमा

मिस वर्ल्ड २०१८ मा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्दै अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित बनाउन सफल भएकी छिन् ।
मल्टिमिडिया अवार्डका लागि नेपालसहित केन्या, चीन, पोर्टो रिको र बेलायत सान्या टुरिजम भिडियो च्यालेञ्जको उत्कृष्ट ५ मा परेका थिए । त्यसमध्ये ओभरअल मल्टिमिडिया फाइनालिस्टमा नेपाल, मेक्सिको र केन्याले स्थान बनाए ।मल्टिमिडिया अवार्डका विजेता एउटा मात्र हुने भएकाले यी तीन फाइनालिस्टमध्ये केन्या र मेक्सिकोलाई पछि पार्दै नेपालकी श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यससँगै श्रृंखला आधिकारिक रुपमा मिस वर्ल्ड २०१८ को अन्तिम ३० मा पुग्न सफल भएकी छिन् । याे घाेषणापछि मिस वर्ल्डकाे अाधिकारिक फेसबुक पेजमा नेपाल तथा श्रृंखलालार्इ विश्वभरबाट बधाइकाे अाेइराे लागेकाे छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *