Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

काचो प्याजको सेवनले हुन्छ यस्तो चमत्कारीक फाईदा

काचो प्याजको सेवनले हुन्छ यस्तो चमत्कारीक फाईदा

खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

१) कब्जियत
प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीका लागि फाइदाजनक छ । हरेक दिन एक काचो प्याज खानाले कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।

२) ब्लडप्रेशर
काचो प्याजमा रहेको मिथाइल सल्फाइड र अमिनो एसिडले ब्लडप्रेशर कन्ट्रोल गर्नमा मद्वत गर्दछ । हरेक दिन एक काचो प्याज खानाले उच्च रक्तचाप ( हाई ब्लडप्रेशर)लाई नर्मल राख्दछ ।

३) किड्नी स्टोन
हरेक दिन बिहान नियमित रुपमा खाली पेटमा दुई चम्मच प्याजको रस पिएमा यसले किडनी स्टोनको समस्या सधैँका लागि दूर गरिदिन्छ ।

४) डायविटिज
काचो प्याज खानाले शरीरमा ईन्सुलिन बन्छ । हरेक दिन एक काचो प्यान या यसको रसको सेवनले डायविटिजलाई जरैदेखि निर्मुल पार्छ ।

५) घाटीको समस्या
रुखाखोकी, कफ तथा सामान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रशमा मह मिलाएर पिउन सकिन्छ । यसले रुघाखोकीलाई केही मिनेटमै दूर गरिदिन्छ ।

६) एनीमिया
हरेक दिन एक काचो प्याज खानाले शरीरमा रगतको मात्रा कम हुन दिदैँन । यसका साथै प्याजमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *