Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

नियमित करेला खानुका यी फाइदा

नियमित करेला खानुका यी  फाइदा

टाउको दुख्ने समस्या समाधान नियमित रूपमा करेलालाई पिसेर निधारमा लगाउनाले टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ। घाउ ठीक पार्छ यदि शरीरको कुनै भागमा घाउ खटिरा छ भने त्यस्तो बेला करेलाको बोक्रालाई पिसेर नियमित लगाउनाले घाउ सन्चो हुन्छ। यस्तै, गर्मी मौसममा धेरै गर्मी भएको छ भने करेलाको पातलाई पिसेर घाउमा लगाउँदा घाउ सन्चो हुन्छ। पत्थरी भएकाहरूलाई राम्रो यदि पत्थरीको समस्या छ भने नियमित रूपमा करेलालाई पानीमा उमालेर त्यसको रस पिउनाले पेटमा भएको पत्थरी पग्लिनुका साथ शरीरलाई आराम मिल्ने गर्छ। अनुहारका साथै छालाका लागि राम्रो नियमित रूपमा करेलालाई पिसेर अनुहारमा लगाउने गर्नाले अनुहारमा भएको पोतो चाया हट्नुका साथै करेलाको रस नियमित खाने गर्नाले अनुहारमा चमक आउने गर्छ। हेमोग्लोबिन बढाउँछ कलेजोका रोगीलाई नियमित रूपमा करेला सेवन गर्नु लाभदायक मानिन्छ। नियमित करेला सेवन गर्नाले करेलाले रगत सफा गर्छ साथै हेमोग्लोबिनको मात्रा पनि बढाउँछ। त्यसैले रगतमा हेमोग्लोबिन कम हुनेहरूका लागि नियमित रूपमा करेला खानु फाइदाजनक मानिन्छ। यस्तै, करेलाको रस कागतीमा मिसाएर पानीसँग पिउँदा तौल नियन्त्रण हुन्छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *