Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो

मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो

भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ । जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ । भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ । यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ ।

सुत्केरी महिला
गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ । आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ ।

छालाको रोग
यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।

मिर्गौला सम्बन्धी रोग
भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ । सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्याउँदैन । तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ । मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको बृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ । यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ ।

क्यान्सर
सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय ९यूरिन० को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ । यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने, अगाडिको पीढिले भटमास नखानु नै राम्रो हुन्छ । मधुमेह यदि तपाईलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् । किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *