Search
Thursday 17 January 2019
  • :
  • :

एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसँग खेल्दै

एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसँग खेल्दै

टोकियो ओलम्पिक खेलका लागि एसियाली समूहको महिला फुटबल छनोटमा आज नेपालले म्यानमारसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग १–१ गोलको बराबरी खेलेको नेपालले आज दोस्रो खेलमा आयोजक म्यानमारको सामना गर्न लागेको हो । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे खेल सुरु हुनेछ । म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको थियो । म्यानमार यो समूहबाट अघिल्लो चरण प्रवेशका लागि दाबेदार टोली हो ।आजै हुने अर्को खेलमा भारत र बंगलादेश भिड्नेछन् । अंक तालिकामा म्यानमार शीर्षस्थानमा छ भने नेपाल दोस्रो र भारत तेस्रो स्थानमा छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *