Search
Wednesday 16 January 2019
  • :
  • :

नेकपाको एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म

नेकपाको एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ। पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हो। नागरिक दैनिक लेख्छ, सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने पार्टीका दुई नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो। पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन्। पछिल्लोपटक सचिवालय बैठक कात्तिक ५ गते बसेको थियो। सत्तारूढ दल नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेपछि त्यसप्रति असन्तुष्टि व्यक्त गर्ने नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको नेतृत्वमा नयाँ धारको जन्म भएको हो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *