Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

अफगानिस्तानमा भएको दोहोरो भिडन्तमा ३ जना सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु

अफगानिस्तानमा भएको दोहोरो भिडन्तमा ३ जना सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु

अफगानिस्तानमा भएको दोहोरो भिडन्तमा ३ जना सुरक्षाकर्मीसहित १५ जनाको मृत्यु भएको छ। भिडन्तमा मारिने १२ जना विद्रोही लडाकू रहेको चिनियाँ सरकारी संस्था सिन्ह्वाले जनाएको छ। अफगानिस्तानको बदघीस प्रान्तको कादिस जिल्लामा भएको दोहोरो भिडन्तमा उक्त हताहती भएको प्रान्तीय प्रहरी प्रमुख अब्दुल अजिज बिगले शनिबार जानकारी दिएका हुन्। तालिबान लडाकूहरुले सुरक्षा चेकपोष्टमा आक्रमण गरेपछि गोली हानाहान भएको उनले बताएका छन्।
भिडन्तमा ८ जना लडाकू र ११ जना सुरक्षाकर्मी घाइते भएका छन्। अफगानिस्तानमा करिब २ दशकदेखि युद्ध चलिरहेको छ। जसका कारण लाखौं नागरिकको मृत्यु र उत्तिकै घरबारविहीन भएका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *