Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

पारिवारिक चलचित्र ‘अनुग्रह’ले कार्तिक ३०गते बाट देशभरका हलहरुमा धमाका पिट्दै(हेर्नुहोस् भिडियो सहित)

पारिवारिक चलचित्र ‘अनुग्रह’ले कार्तिक ३०गते बाट देशभरका हलहरुमा धमाका पिट्दै(हेर्नुहोस् भिडियो सहित)

काठमाडौं।अनुग्रह’कात्तिक ३० गते देखि देशभर प्रर्दशनमा आउँदै छ । कुमार केसीको निर्देशनमा रहेको यस चलचित्रमा नायककोरुपमा रोहन सेन्च्युरी र नायिकामा आरती गुप्ता तथा दिपशिखा सिलवाल रहेका छन् । अन्य कलाकारहरुमा सञ्जय न्यौपाने,सुवास मेचे,राजन गिरी र बालकलाकारमा कृष्टीना सेन्च्युरी रहेकी छिन् । केही वर्ष अघि चलचित्र ‘क्षितिज पारीको मायालु’बाट डेव्यु गरेका नायक सेन्च्युरी यस चलचित्रबाट जम्ने तरखरमा छन् । नायिका सिलवालको यो डेव्यु चलचित्र हो ।

लक्ष्मी वैङकवेटस सिने मेकर्स प्रालि र अनुग्रह फिल्म्स् प्रालिको व्यानरमा निमार्ण गरीएको यस चलचित्रमा करीब १ करोड लगानी गरीएको छ । चलचित्रको निमार्ता सन्तोष खवास हुन् । उनी यस चलचित्रमा दन्द्व निर्देशककारुपमा समेत छन् । चलचित्रको कथालाई नायक सेन्च्युरी स्वयमले लेखेका हुन् । सामाजिक विषयवस्तुलाई आधार बनाएर निमार्ण गरीएको यस चलचित्रमा माया,प्रेम र यस विचमा आउने विभिन्न आरोह,अवरोहको समिश्रण रहको चलचित्र युनिटले जनाएको छ ।

चलचित्रको सह निमार्ता ज्ञानेन्द्र गिरी,ड्रोकास विश्वा तथा सह निर्देशक राजु दोङ हुन् । विक्रम डिसीको छायाङ्नमा तयार पारीएको चलचित्र ‘अनुग्रह’ एउटा राम्रो चलचित्रकोरुपमा हेरीएको छ । चलचित्रमा चारवटा गीतहरु समावेश गरीएका छन् । गीतमा गायक कमल रसाईली, र किरण विमलीे तथा गायीका कविता शिवाकोटी र अनिसा मैनालीले स्वर छ । चलचित्रको गीतहरुमा स्वर्गीय दोषी नविन सुव्वाको शव्द संगीत रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *