Search
Wednesday 16 January 2019
  • :
  • :

गर्भवती महिलामा पोषण सम्बन्धी समस्या आउनुको कारण, गर्भावस्थाबारे जान्नै पर्ने कुरा

गर्भवती महिलामा पोषण सम्बन्धी समस्या आउनुको कारण, गर्भावस्थाबारे जान्नै पर्ने कुरा

गर्भवती महिलामा पोषण सम्बन्धी समस्या आउनुको कारण
– कम उमेरमा गर्भवती ।
– धेरै पटक गर्भवती ।
– पोषण ज्ञानको कमी र पारिवारिक असहयोग ।
– अन्धविश्वासका कारण कम खाने, व्रत बस्ने, माछा–मासु–अन्डा र दूधको उपभोग नगर्ने बानी ।
– धूम्रपान, मद्यपान र लागूऔषधको प्रयोग ।
– दूध पचाउन नसक्ने समस्या ।
– गर्भवती हुँदा न्यून पोषण वा अधिक पोषण ।
– पेटमा जुम्ल्याहा तथा तिम्ल्याहा बच्चा ।
– शरीरको न्यून तथा अत्याधिक तौल बृद्धि ।
– गरिबी र अशिक्षा ।
गर्भावस्थामा चाहिने पोषिला खानेकुरा
क्यालोरी : भात, रोटी, घ्यू, तेल, सख्खर, चिनी ।
प्रोटिन : दाल, गेडागुडी, माछा, मासु, अन्डा, दूध ।
फोलेट : दाल, गेडागुडी, कलेजो, सुन्तला, पालुङ्गो, हरिया सागपात । (खानेकुराबाट मात्रै फोलेटको आवश्यकता पूर्ति नहुने भएकाले फोलेट चक्की पनि लिनुपर्छ ।)
आइरन : रातो मासु, गाढा हरिया सागपात, गेडागुडी (खानेकुराबाट मात्र आइरनको आवश्यकता पूर्ति नहुने हुनाले आइरन चक्की पनि लिनुपर्छ ।)
गर्भावस्थामा खानपान सम्बन्धी समस्याको समाधान
वाकवाकी घटाउन
– बिहान ओछ्यानबाट बिस्तारै उठ्ने ।
– भुटेको, कुरुम–कुरुम हुने खानेकुरा खाने ।
– चुइङगम वा चकलेट खाने ।
– थोरै–थोरै तर पटक–पटक खाना खाने ।
– कडा बास्ना भएको खाना भरसक नखाने ।
कब्जियत घटाउन
– रेसादार खाना खाने ।
– दैनिक शारीरिक श्रम गर्ने ।
– एक दिनमा कम्तिमा आठ गिलास पानी तथा अन्य तरल पदार्थ पिउने ।
– दिशा लाग्नेबित्तिकै दिशा गर्ने ।
– दिशा लगाउने औषधि डाक्टरको सल्लाहले मात्र प्रयोग गर्ने ।
– मसलेदार तथा चिल्ला खानेकुरा नखाने ।
– अग्लो ठाउँ (कुर्सी, खाट आदि) मा बसेर खाने ।
– खाना खाएको एक घन्टासम्म नसुत्ने ।
– खाना खाएको दुई घन्टासम्म कडा परिश्रम, शारीरिक व्यायाम नगर्ने ।

प्रस्तुतिः डा. सुमन ताम्राकार


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *