Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट करिब २८ लाख मूल्य बराबरको क्षति

ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट करिब २८ लाख मूल्य बराबरको क्षति

१ नम्बर प्रदेश अन्तर्गत ताप्लेजुङ र ओखलढुंगा जिल्लामा आगलागीबाट करिब २८ लाख मूल्य बराबरको क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका- ४ थापाटार बस्ने लाक्पीमाया शेर्पाको घरमा आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको क्षति भएको छ । रातीकाे समयमा शेर्पाको घरमा अचानक आगलागी हुँदा ढुंगा र माटोले बनेको, टिनको छानो भएको ३ तले घरमा आगलागी हुँदा घर सहित अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको छ । आगलागी प्रहरी र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

त्यसैगरी ओखलढुंगाको चम्पादेवी गाउँपालिका-२ स्थित गोल्माथान बस्ने शम्भु मगरको घरमा आगलागी हुँदा करिब ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । राती साढे ९ बजे घरमा कोही नभएको समयमा बच्चाहरुले मैनबत्तीको ठुटो सल्काउने क्रममा अचानक आगलागी भएको थियो ।आगलागीबाट मगरको फुसको छानो भएको २ तले घर, अन्नपात, भाडावर्तन र लत्ताकपडा जलेर नष्ट भएको प्रकरीले जनाएकाे छ। आगलागी स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *