Search
Wednesday 16 January 2019
  • :
  • :

मोटरसाइकल दुर्घटना हुँदा झापामा एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा झापामा एक युवकको मृत्यु

भाइ टीकाको दिन मोटरसाइकल दुर्घटना हुँदा झापामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड-६ का ३५ वर्षका विजय चौधरी रहेका छन्।पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर-१२ स्थित कालीझोडामा शुक्रबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ६ प ६९७९ नम्बर मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको मे ५ प ९६७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। उनका अनुसार ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा बिर्तामोडको बी एण्ड सी अस्पतालमा मृत्यु भएका हो। दुर्घटनापछि फरार भएका अर्का मोटरसाइकल चालक मेचीनगर नगरपालिका-३ का १९ वर्षीय अजय धिमाल र दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *