Search
Wednesday 16 January 2019
  • :
  • :

धादिङमा दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गयो, ३१ घाइते

धादिङमा  दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गयो, ३१ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् । नारायणघाटबाट काठमाडाै‌ंतर्फ आउँदै गरेको बा ७ ख ५२८१ नम्बरको यात्रुवाहक बस र काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ प ९७७ नम्बरको पर्यटक बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा चितवनकाे पिप्ले निवासी ४० वर्षीय इश्वर भण्डारी रहेका छन् । उनी ना ७ ख ५२८१ नम्बरको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालक भण्डारीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनापछि केही बेर राजमार्ग अवरुद्ध भएकोमा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *