Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ वटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ वटा खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ वटा खेल हुँदैछन् । आजको खेलमा नेपाली समय अनुसार सवा ६ बजे कार्डिफ सिटी र ब्राइटन आमने सामने हुनेछन् । ब्राइटनले ११ खेलबाट १४ अंक जोड्दै तालिकाको १२औं स्थानमा रहँदा कार्डिफ ५ अंक सहित १९औं स्थानमा छ । आजै राति पौने ९ बजे ४ वटा खेल हुने छन् । जसमा हडल्सफिल्डले वेस्टह्यामसँग प्रतिस्पर्धा गर्ने छ । वेस्टह्याम १३ औं तथा हडल्सफिल्ड १८औं स्थानमा छ ।यसैगरी लेस्टर सिटी र बर्नले आमने सामने हुने छन् । लेस्टर १०औं स्थानमा रहँदा बर्नले १५औं स्थानमा रहेको छ ।

न्यूक्यासल युनाइटेड र एएफसी बर्नमाउथको खेल पनि राति पौने ९ बजेनै हुने छ । बर्नमाउथ २० अंक सहित छैटौं स्थानमा रहदा न्यूक्यासल रेलिगेशन जोनभन्दा मात्रै माथि छ । साउथ ह्याम्पटन र वाटफोर्ड पनि आजै राति भिड्ने छन् । १९ अंकसहित आठौं स्थानमा रहेको वाटफोर्ड विजयी भए कम्तिमा एक स्थानमाथि आउने छ । साउथह्याम्पटन १६औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गगत आज रातिको अन्तिम खेलमा क्रिष्टल प्यालेस र टोटनह्याम हट्सपर सवा ११ बजे खेल्नेछन् । २४ अंक जोड्दै चौथो स्थानमा रहेको टोटनह्याम आजको खेलमा विजयी भए २७ अंक जोडे पनि गोल अन्तरका आधारमा त्यही स्थानमा यथावत रहने छ । क्रिष्टल प्यालेस भने १४औं स्थानमा छ


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *