Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

पूर्वपश्चिम राजमार्गमा ट्याक्सी र भ्यान ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु

पूर्वपश्चिम राजमार्गमा ट्याक्सी र भ्यान ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु

पूर्वपश्चिम राजमार्गमा ट्याक्सी र भ्यान ठोक्किँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। निजगढ-९ स्थित भमरा पुलमा बा२ज २११७ नम्बरको ट्याक्सी र तरकारी बोकेको ग२च २३२५ नम्बरको पिकअप भ्यान आपसमा ठोक्किँदा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा ट्याक्सी चालक भक्तपुरका समुन्द्र श्रेष्ठ (२९), ट्याक्सीमा सवार निजगढका विशाल माझी (२५) र निजगढकै आकाश माझी (२५) छन्। ट्राफिक प्रहरी निरीक्षक विकास बमका अनुसार ट्याक्सीमा सवार निजगढका नरेश माझी (२८) र मकवानपुरको फापरबारी गाउँपालिकाका अर्जुन माझी (२१) को अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ। राति करिब एक बजे तीव्र गतिमा रहेका दुवै गाडी ठोक्किएका थिए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *