Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

‘चौका दाऊ’को नयाँ गीतमा सोनिकाको कामुक नृत्य (भिडियो)

‘चौका दाऊ’को नयाँ गीतमा सोनिकाको कामुक नृत्य (भिडियो)

चलचित्र ‘चौका दाऊ’को नयाँ गीत ‘मेरो माया कतारमा जहिले पनि हतारमा’ को भिडियो सार्वजनिक भएको छ।

निर्माण संस्था सौर्य प्रोडक्सनले यो गीतको भिडियोलाई ओएसआर डिजिटलबाट बिहीबार रिलिज गरेको हो।

आगामी २७ पुसबाट देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रलाई सौर्य प्रोडक्सनले निर्माण गरेको हो।

चलचित्रका कथाकार एवम् परिकल्पनाकार बरिष्ट संगीतकार शम्भुजीत बास्कोटाले यो गीतको संगीत गरेका हुन्। श्री पुरुष ढकालको शब्द रहेको यो गीतलाई शम्भुजीतसँगै सुमन गुरुङले गायका छन्।

यो आईटम गीतमा सोनीका केसीको कामुक शैलीको आईटम नृत्य रहेको छ। यो नृत्यमा सोनिकाको कामुकतामा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रवीन्द्र झा, तैयव शाह, श्याम राई लगायत लठ्ठिएको दृष्य हेर्न पाईन्छ। गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका हुन्।

गीतको अन्त्यमा अभिनेत्री वर्षा राउत प्रस्तुत हुन्छिन् । वर्षसँगै अभिनेता अजश्र ढुँगानाको पनि नृत्य हेर्न सकिन्छ।

यो चलचित्रमा वर्ष राउत, अजश्र ढुंगाना, विल्सनविक्रम राई, सन्तोष पन्त, रवीन्द्र झा, तैयव शाह, श्याम राई, निर्मल शर्मा, सोनिका केसीलगायतको अभिनय छ।

दीर्घ गुरुङको छायाँकन रहेको यो चलचित्रमा मित्रदेव गुरुङको सम्पादन, बसन्त श्रेष्ठको नृत्य निर्देशन छ। चलचित्रलाई सौर्यजीत बाँसकोटा र मनोज राजभण्डारीले निर्माण गरेका हुन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *