Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

चलचित्र छक्का पञ्जा ३ को ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन

चलचित्र छक्का पञ्जा ३ को ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन

घटस्थापनाका दिनबाट प्रदर्शनमाआएको चलचित्र छक्का पञ्जा ३ ले अहिले पनि आक्रमक व्यापार गरिरहेको छ । चलचित्र हेर्न दर्शकको कमी भएको छैन सिनेमा घरहरुमा । लामो लाइन बसेरै भए पनि चलचित्र हेर्न दर्शकहरु उत्साहित छन् । यता चलचित्र निर्माण टिम पनि चलचित्रले सफल ब्यापार गरेकोमा उत्साहित छन् । शनिबार बिदाको दिन भएका कारण पनि देशै भरका अधिकांश चलचित्र घरमा दर्शकको ओइरो लागेको थियो । शनिबार चलचित्र छक्का पञ्जा ३ उपत्यकाका ५ वटा क्युएफएक्स अन्तर्गत ३२ शो भएको थियो भने पाएका सबै शो हरुले हाउसफुल व्यापार गरेको थियो । बुधवार,विहीबार र शुक्रबारको तुलनामा शनिबारको व्यापार अझ बढेको निर्माण युनिटले बताएको छ । चलचित्रले ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन गरेको चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले जानकारी दिए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *