पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ । शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा परी कारमा यात्रा गरिरहेका यात्रुहरुको मृत्यु भएको छ । दुर्घटनाग्रस्त कार सामान बोकेर गइरहेको एक ट्रकसँग ठोक्किँदा सो घटना भएको जनाइएको छ । शनिबार भएको यस भयानक दुर्घटनामा परी एक विद्यालयका स–साना तीन विद्यार्थी र पाँच महिला शिक्षिकाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएको छ प्रहरीका अनुसार यी विद्यार्र्थी र शिक्षिका विद्यालयबाट लगिएको वनभोज कार्यक्रममा सहभागी हुनको लागि गइरहेका थिए । भारतमा खराव बाटो, क्षमताभन्दा बढी यात्रुको सवार र चालकको लाहरपवाहको कारण बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । भारत विश्वको तुलनामा नै सडक दुर्घटना बढी हुने देशको सुचीमा पर्दछ । रासस
पश्चिम भारतीय राज्य राजस्थानमा सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु
Oct 14, 2018Admin123International0Like

Loading...
Previous Postचलचित्र छक्का पञ्जा ३ को ४ दिनमा ४ करोडमाथिको ग्रस कलेक्सन
Next Postनवरात्रको पाँचौं दिन अाज भगवती दुर्गाको पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदै