Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन

नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन

नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राति ७४ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बाँस्तोलाको निधन शनिबार राति ९ बजेर २० मिनेट जाँदा भएको हो । कांग्रेस प्रवक्ता शर्माले बाँस्तोलाको निधनको पुष्टि गर्दै फेसबुकमा लेख्नुभएको छ, ‘अन्तत चक्र दाइ जानुभयो । नेपाली कांग्रेसका अग्रज बौद्धिक नेताले अन्ततः देहत्याग गर्नुभएको छ । उहाँको आत्मालाई शान्ति मिलोस् स्वर्गमा ।’मष्तिष्कघातका कारण ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका बाँस्तोलाको अवस्था शनिबारदेखि गम्भीर बनेको थियो । शनिबार बिहानदेखि बाँस्तोलाको स्वास्थ्य अवस्था झन् कमजोर भएपछि उहाँलाई न्यूरो अस्पताल बाँसबारी लगिएकोमा चिकित्सकले उपचार सम्भव नभएको बताएपछि ललितपुरको खुमलटारमा रहेको निवासमा ल्याइएको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *