Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था जटिल भएको छ । उनको अवस्था बुझ्न निवासमा नेता कार्यकर्ता पुगेका छन् । अवस्था गम्भीर भएपछि उनलाई शनिबार मध्याहृन बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले ४ बजे डिस्चार्ज गरेको छ र खुमलटारस्थित निवास लगिएको छ ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘उहाँको अवस्था निकै गम्भीर छ । चिकित्सकहरुकै सल्लाहमा अस्पतालबाट घर लगिएको छ ।’बास्तोला झण्डै ६ वर्षदेखि अर्धचेत अवस्थामा थिए ।१४ पुस २०६९ मा विराटनगरको बन्धु भेलामा सहभागी बास्तोलालाई ब्रेन अट्याक भएको थियो ।भारतको मेदान्त अस्पतालमा सात महिना उपचारपछि उनलाई घर ल्याइएको थियो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराउँदा पनि उसको होस आएको थिएन । बास्तोलालाई भेट्न पुगेका कांग्रेस महामन्त्री शशांक कोइरालाकाअनुसार अवस्था निकै जटिल छ र कुनै पनि बेला केही हुनसक्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *