Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

प्रदेश २ मा प्रदेश प्रहरीसेवा सम्बन्धमा बनेको विधेयक बहुमतबाट पारित

प्रदेश २ मा प्रदेश प्रहरीसेवा सम्बन्धमा बनेको विधेयक बहुमतबाट पारित

प्रदेश २ मा प्रदेश प्रहरीसेवा सम्बन्धमा बनेको विधेयक बहुमतबाट पारित भएको छ। चार महिनादेखि प्रदेशसभामा विचाराधीन अवस्थामा रहेको प्रदेश प्रहरी ऐनको विधेयक पारित भएको हो। लामो समयदेखि नेकपाको विरोधका बाबजुद प्रदेशसभाको दोस्रो अधिवेशनअन्तर्गत शनिबार बसेको ३६ औं बैठकबाट प्रदेश प्रहरी सेवासम्बन्धी अध्ययन विशेष समिति २०७५ का संयोजक सुरिताकुमारी साहले पेश गरेको प्रतिवेदन छलफलसहित बहुमतबाट पारित भएको हो। छलफल क्रममा संघीय समाजवादी फोरम नेपालका सचेतक शैलेन्द्र यादवले नियम निलम्बनको प्रस्ताव पेश गरेपश्चात राजपा नेपालका सचेतक परमेश्वर साहले प्रस्तावको समर्थन गर्दै नेकपाको विरोधका बाबजुद प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक २०७५ बहुमतबाट पारित भएको हो। दफाबार छलफलको क्रममा नेकपाका सांसद सुन्दरबाबु विश्वकर्माले प्रदेश प्रहरी सेवासम्बन्धी विधेयकको विपक्षमा नेकपा नरहे पनि हत्तारमा ल्याएको अहिले संसदमा नल्याउन आग्रह गरेका थिए। संसदमा सांसद विश्वकर्माले भने, ‘प्रदेश प्रहरी सेवासम्बन्धी विधेयकको विपक्षमा छैनौं। ऐन ल्याएकोमा हाम्रो विमत्ति छैन। तर प्रदेश प्रहरीको सैद्धान्तिक पक्षमा हाम्रो विमत्ति छ। आजसम्म सम्पूर्ण विधेयकहरू सर्वसम्मत रुपमा पारित भएका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *