Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

अफगानिस्तानको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु

अफगानिस्तानको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु

अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्‍यालीमा बम आक्रमण हुँदा कम्तिमा १३ जनाको ज्यान गएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् । तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिएका छन् । रुस्ताक जिल्लामा आयोजित चुनावी र्‍यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको पनि असरले बताएका छन् । त्यस र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठिक अघि बिस्फोट गराइएको थियो । तखारको यस आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन, तर तालिबान लडाकू यस प्रान्तमा सक्रिय रहेका छन् । विगतमा भएका यस्तै आक्रमणको उनीहरुले नै जिम्मेवारी लिँदै आएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *