सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छन्। सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए। समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिए। रियाको खोजी भइरहेको प्रहरीले जनाएको छ। घर नजिकै रहेको नहरमा खेल्ने क्रममा उनीहरु खसेको हुन सक्ने प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए।