Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

गुर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेन

गुर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेन

म्याग्दीको धौलागिरी गाउँपालिका–१, मा रहेको गुर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेको छैन । दक्ष जनशक्ति र उपकरण नहुँदा बेपत्ता पर्यटकको शव देखिएपनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गुर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गुर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । बिहान हेलिकप्टरबाट हेर्दा ८ जनाको शव देखिए पनि स्थानीय वासिन्दा घटनास्थल पुगेर हेर्दा ७ जनाको मात्रै शव भेटिएको उहाँले बताउनुभयो ।खोंच र अप्ठ्यारो भीरमा रहेका कारण उपकरणविना शव उठाउन सकिएको छैन ।

देखिएका शवमध्ये ४ जना कोरियन, २ जना नेपाली मात्रै चिनिएको छ भने एकजना चिन्न नसक्ने अवस्थामा रहेको जानकारी आएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो । सिम्रिक एअरको हेलिकप्टर पोखरा आएर बसेको हुँदा आइतबार बिहान मात्रै बेपत्ता शवको उद्धार गरिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी गर्न गुर्जा गाउँबाट १६ जना स्थानीय घटनास्थल पुगेका थिए । गुर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पुग्न पाँच घण्टाको समय लाग्ने वडा अध्यक्ष छन्त्यालको भनाइ छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *