Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

रमेश कडेलद्वारा स्वरबद्ध “मायालु” लाई सिंगापुरमा अवार्ड नै अवार्ड, गीत र भिडीयोको यस्तो चर्चा

रमेश कडेलद्वारा स्वरबद्ध “मायालु” लाई सिंगापुरमा अवार्ड नै अवार्ड, गीत र भिडीयोको यस्तो चर्चा

दर्पणनेपाल डटकम :
अमेरिकामा बसेर नेपाली सांगीतिक क्षेत्रमा बेग्लै पहिचान बनाउदै गरेका गायक रमेश कडेलले “मायालु” बोलको गीतबाट सिंगापुरमा आयोजित नेशनल बक्स अफिस म्युजिक अवार्डमा यस बर्षको सर्वोत्कृष्ट पुरुष स्वर तर्फको अवार्ड जितेका छन् | उनि संगै यसै गीतबाट सर्वोत्कृष्ट गीतकारबाट सौरव तिम्सिना, सर्वोत्कृष्ट पुरुष मोडल तर्फ पुष्पल खड्का र सर्वोत्कृष्ट भिडियो निर्देशक तर्फ जीवन शाहीले समेत अवार्ड हात पार्न सफल भएका हुन् | यस हिसाबले उनको गीतले ४ विधामा अवार्ड हात पारेको छ | यो उनको लागि पनि धेरै ठुलो उपलब्धि हो | उनको यो गीत धेरै दर्शक श्रोताको मनमा बसेको गीत पनि हो |


गीत आफैमा पनि सुमधुर रहेको छ | सौरव तिम्सिनाले निकै राम्रो शब्द रचना गरेर यो गीत तयार गरे | त्यसमा रमेश कडेल र मेलिना राईले आफ्नो स्वरको जादु चलाए | यस्तै गीत संगै म्युजिक भिडियो पनि उत्तिकै दमदार बन्यो | नेपालको हिमाली भेगको रमणीय दृश्य कैद गर्दै निर्देशक जीवन शाहीको कन्सेप्टमा कलाकार पुष्पल खड्का र बर्षा शिवाकोटीले उस्तै राम्रो अभिनय गरेर देखाए | तसर्थ सबैको मेहेनतले गीत र भिडियो दुवै राम्रो बन्यो र धेरै दर्शक श्रोताको मनमा बस्यो | यसकारण त यस गीतले नेशनल बक्स अफिस म्युजिक अवार्डमा ४ विधामा अवार्ड हात पार्न सफल रहयो | यद्देपी रमेश कडेल भने अवार्ड कार्यक्रममा उपस्थित हुन सकेनन |


उनि अमेरिकामा नै भएकै कारण सिंगापुर अवार्ड कार्यक्रममा पुग्न सकेनन | तर पनि उनले उनले अमेरिका देखि अनि सम्पूर्ण अवार्ड आयोजक टिम र देशमा तथा विदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई समेत हृदय देखि नै धन्यवाद दिएका छन् | यस्तै आगामी दिन पनि यस्तै साथ र माया अनि हौसला प्रदान गरिदिनुहुनको लागि समेत उनले अपिल गरेका छन् | रमेश कडेल लामो समय देखि अमेरिकामा नै बसेर नेपाली सांगीतिक क्षेत्रमा मेहेनत गर्दै आईरहेका छन् | उनको सुमधुर स्वरको अमेरिका देखि नेपालमा सम्म राम्रो चर्चा छ |


त्यस माथि उनले जितेको अवार्डले भने उनको आगामी दिनको यात्रा उनको लागि अझै बिशेष नै बनाईदिएको छ | आगामी दिन अझै राम्रो गर्दै जाने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | अहिले रमेश कडेल अमेरिकामा नै आयोजना हुन लागेको दशैं तिहार धमाका कार्यक्रममा ब्यस्त रहेका छन् | उक्त कार्यक्रम २० अक्टुबरमा आयोजना हुदैछ | दशैं र तिहारको उपलक्ष्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो भने यस कार्यक्रममा रमेश कडेलको विशेष प्रस्तुति रहेको छ | यस्तै उनको र सी.डी विजय अधिकारीको सहकार्यमा दशैं तिहारको गीत पनि बाहिर आउने तयारीमा रहेको छ |

हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *