Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

गायिका जलजला परियारको नयाँ मार्मिक मनछुने गीत “पुनर्जन्म”सार्वजनिक (हेर्नुहोस् भिडियो)

गायिका जलजला परियारको नयाँ मार्मिक मनछुने गीत “पुनर्जन्म”सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ। मीठो स्वरकी धनी २१ वर्षीया गायिका जलजला परियार अहिले मृगौला प्रत्यारोपणपछि घरमै आराम गर्दैछिन्। दुबै मृगौलामा खराबी देखिएपछि परियारको भारतको नयाँ दिल्ली स्थित एपोलो अस्पतालमा सफल मृगौला प्रत्यारोपण गरिएको हो। नेपाली तारा सिजन–३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा आफ्नो सुमधुर आवाज  भरी सकेकी छिन् ।

उनका ‘केहि कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् । चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केहि कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’बोलको  गीतबाट परियारलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो ।गायिका जलजला परियारको सफल मृगौला प्रत्यारोपण भए पछि  पुनर्जन्म लिएर आएकी छिन् ।


लामो समय देखिन्  आफु मृत्यु सँग लडी रहेकी गायिका जलजला परियारको मर्म स्पर्शी गीत”पुनर्जन्म “सार्वजनिक भएको छ ।

सुमधुर स्वरकी धनी जलजला परियारको स्वरमा रहेको गीतमा मर्म स्पर्शी शब्द आगम गुरुङको रहेको छ भने एरेन्ज फानिन्द्र राईले गरेका छन् भने अहिलेका निकै व्यस्त गायक तथा संगीतकार महेन्द्र राईले संगीत भरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने  मेरो अनलाईन TV सञ्चालक विश्व लिम्बुले निर्देशन गरेका हुन् किरियोग्रफ्र सेवन श्रेष्ठले गरेका हुन्छ भने गीतको म्युजिक भिडियोलाई विकाश ज्ञावलीले सम्पादन गरेका हुन् ।

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *