Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

महिलाले प्रयोग गर्ने परिवार नियोजनका ४ खानेचक्की, यी कुरामा ध्यान दिन जरुरी

महिलाले प्रयोग गर्ने परिवार नियोजनका ४ खानेचक्की,  यी कुरामा ध्यान दिन जरुरी

१) सुनौलो गुलाफ
पहिला सुनौलो गुलाफको कुरा गरौँ । यो चक्की धेरै महिलाले प्रयोग गर्ने गरेको पाइन्छ । सुनौलो गुलाफ तपाईँको परिवारको योजना गर्ने सुरक्षित र आधुनिक उपाय हो । प्रत्येक दिन सुनौलो गुलाब खाएमा प्रभावकारी हुन्छ । सुनौलो गुलाफ पहिलो सन्तान ढिलो जन्माउन र सन्तान बीच जन्मान्तर कायम गर्न प्रयोग गर्न सकिन्छ ।
– सुनौलो गुलाफ प्याकेटमा देखाएको (⇨) भएको विन्दूबाट पहिलो चक्की खानुहोस ।
– दिनहुँ एउटै समयमा प्याकेट (⇨) चिन्हको संकेत गरे अनुसार एउटा चक्की खानुहोस् जब तपाईँले पहेंलो रंगका चक्कीहरु खाइसक्नु हुन्छ, तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् ।
– खैरो रंगका चक्कीहरु सकिएपछि तुरुन्तै अर्काे दिनदेखि तपाईँले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानुपर्छ ।
२) निलोकल निलोकन ह्वाइट
सुनौलो गुलाफ जस्तै निलोकन ह्वाइट खाने तरिका पनि एउटै रहेको छ ।
– प्याकेटमा देखाएको चिन्ह (⇨) भएको बिन्दुबाट पहिलो चक्की खानुहोस ।
– दिनहुँ एउटै समयमा ,प्याकेटमा (⇨) चिन्हले संकेत गरे अनुसार एउटा चक्की खानुहोस् । जब तपाईले सेतो रंगका चक्कीहरु खाइसक्नुहुन्छ तब प्याकेट नसकिएसम्म खैरो रंगका चक्कीहरु खानुहोस् ।
– खैरो रंगका चक्कीहरु सकिएपछि अर्काे दिनदेखि तपाईले नयाँ प्याकेटबाट फेरि पहिलेकै क्रममा दिनहुँ चक्की खानु पर्दछ ।
३) पिल्स
– पिल्स महिलाहरुको भरपर्दाे परिवार नियोजनको अस्थायी साधन हो । बच्चा जन्माएका वा नजन्माएका कुनै पनि महिलाहरुले यसको प्रयोग गर्न सक्छन् ।
– गर्भधारणबाट पूर्णरुपमा सुरक्षित रहनका लागि महिलाले प्रत्येक दिन नबिराई खाने चक्की (पिल्स)को सेवन गर्नुपर्छ ।
– खाने चक्कीले डिम्वासयबाट डिम्व निष्काशन हुन नदिई तथा यौन रसलाई बाक्लो बनाएर शुक्रकीटलाई महिलाको डिम्वासयमा पुग्न दिँदैन र गर्भधारण हुनबाट रोक्छ ।
– पिल्स २१ वटा सेतो र ७ वटा खैरो चक्की मिलेर बनेको हुन्छ जसलाई महिनावारी भएको दिन अथवा ४ दिन भित्र प्रत्येक दिन नविराई खानु पर्छ ।
– पिल्स चक्की हरेक दिन एकैसमयमा खानु पर्छ ।
– ७ दिनपछि मात्र प्रभावकारी हुने हुनाले सो अवधि भित्र कण्डमको प्रयोग गर्नुपर्छ ।
शुरुका २÷३ महिना कसैँकसैमा साधारण टाउको दुख्ने वाकवाकी लाग्ने हुनसक्छ । यसलाई सामान्यरुपमा लिनुपर्छ ।
४ ) आकस्मिक गर्भ निरोधक खाने चक्की
–आकस्मिक गर्भ निरोधक भन्नाले असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भ धारण हुन नदिन महिलाले खाने चक्कीको मार्फत गर्भ रहन नदिने विधि हो ।
– सुरक्षित यौन सम्पर्क भएपछि महिलाले जतिसक्दो चाँडो १२० घण्टा भित्रै आकस्मिक गर्भ निरोधक विधि अपनाउनुपर्छ ।
– आकस्मिक गर्भ निरोधक विधि सधै प्रयोग गर्ने विधि भने होइन । यो आकस्मिक उपाय मात्र हो ।
– यसको प्रयोग पटकपटक गरेमा गर्भ निरोधक साधनले काम नगर्ने हुनसक्छ ।
– आकस्मिक गर्भ निरोधक चक्की एक पटक सेवन गरेपछि अर्काे पटकको असुरक्षित यौन सम्पर्कबाट सुरक्षा दिदैन । यस्ता चक्की खानाले केही दिन सम्म वाकवाक लाग्ने, बान्ता हुने र रक्तश्राव हुन सक्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *