Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

म्याग्दीको गुर्जा हिमाल चढ्न गएका ९ जनाको मृत्यु

म्याग्दीको गुर्जा हिमाल चढ्न गएका   ९ जनाको  मृत्यु

म्याग्दीको गुर्जा हिमाल चढ्न जाँदा बेपत्ता भएका ९ जनाको शव देखिएको छ । तर हलिकप्टर ल्याण्ड हुन नसक्दा उद्धार हुन सकेको छैन । म्याग्दीको धौलागिरि गाउँपालिका—१ मा पर्ने गुर्जा हिमाल चढ्न गएको ५ कोरियन र चार नेपालीको गुर्जा हिमालको माथिल्लो बेस क्याम्पमा शव भेटिएको तल्लो वेशक्याम्पमा पुुगेका ट्रेकिङ क्याम्प नेपालका गाईड लाक्पा शर्पाले जानकारी दिएका छन् । उनीहरु सबैको नाम खुलेको छ । तर शव पहिचान गर्न समस्या परेको उनले बताए । गुर्मामा दक्षिण कोरियाली नागरिक छाङ हो खि, योङ गि टिओ, खिम खुुङ गीको, कि क्लि लि, क्लि काङ मोको मृत्युु भएको पुुष्टि भएको छ । त्यस्तै नेपालीहरु छिरिङ भोटे, र लाक्पा साङबो भोटे सहित देव बहादुर छन्त्याल र नेत्र बहादुर चन्त्यालको मृत्युु भएको पनि शेर्पाले जानकारी दिएका छन् । हेलि ल्याण्ड गर्न अप्ठ्यारो ठाउँ भएकाले शब निकाल्न नसकिएको शेर्पाको भनाइ छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *