Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

मलेसियामा सम्पन्न आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्कदै

मलेसियामा सम्पन्न आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्कदै

मलेसियामा सम्पन्न आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जितेर नेपाली टोली आज स्वदेश फर्कदै छ। यसैबीच नेपाली टोलीका महत्वपूर्ण सदस्य एवम् प्रतियोगिताका म्यान अफ दि सिरिज सन्दीप लामिछाने मलेसियाबाटै युएई जाने भएका छन्। नेपाललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका सन्दीप युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्न मलेसियाबाटै युईए जाने भएका हुन्। नेपाली टोलीका बाँकी सदस्य मालिन्डो एयर मार्फत शनिबार दिउँसो १२:१५ बजे स्वदेश आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका छन्। प्रतियोगितामा अपराजित रहँदै नेपाली टोली नेट रन रेटका आधारमा उपाधि जितेको हो। नेपालले ६ खेलमा ११ अंक जोडेको थियो। शुक्रबार सिंगापुरविरुद्धको खेल वर्षाका कारण रद्द भए पछि सिंगापुरसँग अंक बाढ्दै कुल अंक पनि बराबरी गरेको थियो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *