घटष्थापनाको दिन देखी देशै भर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘छक्का पन्जा ३’ ले आज तेस्रो दिनमा पनि उत्साहजनक व्यापार गरिरहेको छ । चलचित्रका बितरक तथा पाथिभरा चित्र मन्दिर दमकका व्यवस्थापक चैतन्य बरालले हरेक दिन हलमा दर्शकको संख्यामा वृद्धि भइरहेको जानकारी दिनुभयो । दमकका दुवै वटा हलमा प्रदर्शन भैरहेको चलचित्र दैनिक रात्रिकालिन शो समेत सञ्चालन भैरहेको छ । दैनिक तिनवटै शोमा दर्शकहरुको उत्तिकै सहभागीता रहेको चलचित्र बितरक बरालले बताउनु भयो । अहिले बिदा समेत नभएको समयमा पनि सफल ब्यापार गरेको चलचित्रले भोली देखी झन ब्यापार बढाउने उहाँले बताउनु भयो । दीपाश्री निरौलाले निर्देशन गरेको चचित्र छक्का पन्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेल लागयतका हास्यकलाकारहरुको जम्बो टोलीसहित दीपिका प्रसाईं, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।
नेपाली चलचित्र ‘छक्का पन्जा ३’ को उत्साहजनक व्यापार
Oct 12, 2018Admin123Entertainment0Like

Loading...
Previous Postआज २०७५ साल असोज २७ गते शनिबार, तदअनुसार अक्टुबर १३, २०१८ – हेर्नुस आजको राशिफल
Next Postफिल्म ‘ए मेरो हजुर-३’को पहिलो पोस्टर सार्वजनिक