Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

फिल्म ‘ए मेरो हजुर-३’को पहिलो पोस्टर सार्वजनिक

फिल्म ‘ए मेरो हजुर-३’को पहिलो पोस्टर सार्वजनिक

अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण भइरहेको दास्रो फिल्म ‘ए मेरो हजुर-३’को पहिलो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक उक्त पाेस्टरमा अभिनेता अनमोल केसी र सुहाना थापा प्रेमिल भावमा प्रस्तुत भएका छन्। सुनिलकुमार थापाको निर्देशनमा निर्माण भइरहेको फिल्ममा थापा र सुमन पौडेलेका लेखन छ। अभिनेत्री झरना थापा र निर्देशक सुनीलकुमार थापा श्रीमान् श्रमती हुन्। थापा दम्पतिकी छोरी सुहानाको डेब्यु अभिनय रहेको फिल्म सांगीतिक प्रेमकथामा अाधारित चलचित्रमा सुहाना र अनमोल केसीको अनस्क्रिन रोमान्स देख्न सकिने छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *