Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

दसैंको मुखमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ

दसैंको मुखमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ

दसैंको मुखमा सुनको मूल्य प्रतितोला ६० हजार रुपैयाँ पुगेको छ । गतवर्ष दसैंको अवसरमा साढे ४४ हजार रुपैयाँ प्रतितोला रहेको सुनको मूलय यसवर्ष भने आकासिएको हो । नेपाली बजारमा अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो । अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रा कमजोर हुनुको साथै दसैंको अवसरमा माग पनि बढेकाले सुनको मूल्य आकासिएको बताइएको छ । वाणिज्य बैंकहरुले मंसिरसम्म दैनिक २५ किलो सुन आयात गर्न नेपाल राष्ट्र बैंकले फुकुवा गरेपनि यहाँको माग धान्न नसकेको व्यवसायी बताउँछन् । उनीहरुका अनुसार नेपालको माग दैनिक ४० किलो सुन रहेको छ । केही साताअघि प्रतितोला ५७ हजार रुपैयाँ रहेको सुनको मूल्य अहिले बढ्ने क्रममा छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *