Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

भगवान प्रती बिश्वास हुनेले यो फोटो पहिले छुनुहोस त्यसपछी लामो श्वास लिएर ॐ जप्नु होस सबै दुख नास हुनेछ..

भगवान प्रती बिश्वास हुनेले यो फोटो पहिले छुनुहोस त्यसपछी लामो श्वास लिएर ॐ जप्नु होस सबै दुख नास हुनेछ..

भगवान प्रती बिश्वास हुनेले यो फोटो पहिले छुनुहोस त्यसपछी लामो श्वास लिएर ॐ जप्नु होस सबै दुख नास हुनेछ ।विश्वको ध्यान खिच्न सफल पूर्वको पशुपति भनेर समेत परिचित प्रसिद्ध ‘हलेसी गुफा’ पुर्वी नेपालको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोश पश्चिम महादेबस्थान गाविसमा अवस्थित छ ।

८६३५ डिग्रीदेखि ४६४० डिग्री पुर्वी देशान्तर र २७१० डिग्री देखि २७१४ डिग्री उत्तरी आक्षांशमा फैलिएको हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाईमा रहेको छ । किरात, बौद्ध तथा हिन्दु धर्मको संगमस्थल मानिने यस हलेसी धाम कित्ता नम्बर ६७ को करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । समग्रमा यो ठाउँ गुराँसे, तुवाचुङ (मलाथुम्की), रुपाकोटजस्ता सदाबहार डाँडाको काखमा अवस्थित छ ।

इतिहासका अनुशार पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले यस भूमीमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेको थियो । पछिल्लो समयमा सोही ‘होलैसुङ’ शब्द अपभ्रंश भइ ‘हलेसी’ नाम रहन गएको किंवदन्ती छ ।

समयको परिवर्तनसंगै यस ठाउँ विश्वभरी ‘हलेसीधाम’को नामले प्रसिद्ध छ । मनोरम प्रकृतिको छटाले भरिपूर्ण एबं बिभिन्न अनौठा र आकर्षक प्राकृतिक चट्टान (शिला)का आकृतिहरुले झकीझकाउ हलेसीधाममा बिशेषत- शिब गुफा, बसाहा गुफा र भैरब गुफासहित तीन वटा महत्वपूर्ण गुफाहरु रहेका छन् । यस्ता अनौठा–अनौठा प्राकृतिक चट्टानले बनेको आकर्षक दृश्यले हलेसीमा घुम्न आउने जो कोहीको मन लोभ्याईरहेको छ ।

हलेसीमा हेर्न लायक ठाउँहरु
प्रस्ताबित किरात प्रदेश अन्तरगत खोटाङ जिल्लाको महादेब स्थान गाबिस–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को (डाँडा) रहेको छ । सोही डाँडाको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई महादेब÷शिब गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाबिसको नाम समेत महादेबस्थान रहन गएको हो ।

यस खाल्डो आकारको गुफाभित्र प्रबेश गरी करिब तीनसय फिट मुनी ओर्लेपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजार जनाभन्दा बढि मानिस अटाउन सकिन्छ । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेब (शिब) र गणेशको प्राकृतिक मुूर्ति एकैसाथ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीलाई कोक्रोजस्तो देखिने शिलामा दुध ल्याइरहेको आकृति छ, जुन ठाउँमा निसन्तान मानिसले सन्तान माग्ने प्रचलन छ ।
गुफाभित्रको उत्तरी कुनामा धर्मद्धार, पापद्धार रहको छ ।

त्यस द्धारबाट धर्मात्मा मानिस छिर्न सक्ने र अधर्मीहरु छिर्न नसक्ने किंवदन्ती रहिआएको छ । यस बाहेक जन्मद्धार, स्वर्गद्धार, कर्मद्धार, तेत्तिसकोटी देवताका प्रतिमूर्तिलगायतका बिशेष महत्वका ढंगाका प्राकृतिक मूर्तिहरु समेत यसै महादेब गुफाभित्र देख्न सकिन्छ ।
महादेब गुफादेखि करिब सय मिटर पश्चिमतिर बसाहा गुफा रहेको छ । यो गुफा करिब २२० फिट लामो र ५० फिट चौडा भएर फैलिएको छ ।

एकै पटकमा सयौं जना मानिस सजिलै भित्र–बाहिर गर्न सकिने यस गुफाबाट करिब २१० फिट भित्र प्रबेश गरेपछि खुल्ला, उज्याले आँगनमा पुगिन्छ । त्यहाँ चट्टानको प्वालबाट खुल्ला आकाश देख्न सकिन्छ । त्यस ठाउँको पश्चिमी कुनाबाट हात थापेर महादेबसंग दुध माग्ने प्रचलन छ । दुध माग्दा भाग्यमानीको हातमा दुध र अभागीको हातमा पानी झर्ने बिश्वास गरिन्छ ।

त्यस्तैगरी सोही ठाउँदेखि उत्तरी दायाँ कुनामा हात्तीको सुँडमा गणेशको मूर्ति पनि अवस्थित छ । यस बसाहा गुफामा नन्दी भृंगीको मुर्ति, गौरीशंकर, गोमन सापलगायतका प्राकृतिक मूर्तिहरु समेत छन् । त्यस्तैगरी महादेब गुफादेखि करिब ३० मिटर पुर्वपट्टि आकर्षक भैरब गुफा अवस्थित छ ।

यस गुफाको पनि आफ्नै महत्व र बिशेषता छ । महादेबलाई बृषासुर÷भष्मासुर÷बकासुर राक्षशबाट बचाउन पार्वतीको रुप धारण गरी भगवान बिष्णु कैलाशबाट यस ठाउँमा आएर उक्त राक्षशलाई झुक्याएर भष्म गरिदिएका थिए । जुन अवशेषहरु त्यस भैरब गुफामा रहेको बिश्वास गरिन्छ । त्यसैले यस गुफालाई भष्मासुर गुफा पनि भनिन्छ । दुंदेलो गुफा, गर्दुङ गुफा पनि यहाँका प्राकृतिक सुन्दरता हुन् ।

त्रि–धार्मिक स्थल
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिगमस्थल ‘हलेसीधाम’ नेपालको थुप्रै तिर्थस्थल एबं पर्यटकीय स्थलहरुमध्ये एक प्रमुख स्थल हो । प्राग–ऐतिहासिक कालमा किरातीहरुको पुर्खा (पुर्वज) खोक्चिलीप्पा/रैछाकुले/हेच्छाकुप्पा यस हलेसी गुफामा बसेको किंवदन्ती छ ।

खोक्चिलीप्पा सानै हुँदा उनका दिदीहरु तायामा र खियामा हराए । पछि, उनी आफु केही सामथ्र्यवान र बुझ्ने भएपछि हराएका चेलीहरुको खोजी गर्न वापा (कुखुरााको भाले)लाई पठाउँछ, उता तायामा र खियामा भने तुवाचुङ/जायजुम (हालः महादेबस्थान–१ मा पर्दछ) मा कपासको खेती गरेर तान बुन्दै बसिरहेका थिए । यसरी भालेको सहायताले दुबै चेलीहरु भाई खोक्चिलिप्पाको घर हलेसी गुफा पुगेको किंवदन्ती छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *