Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

दशैंको माहोलमा पनि अभिनेता प्रदीप र जसिता फिल्मको छायाँकनमा नै व्यस्त

दशैंको माहोलमा पनि अभिनेता प्रदीप र जसिता फिल्मको छायाँकनमा नै व्यस्त

दशैं लागिसक्यो। तर, दशैंको माहोलमा पनि अभिनेता प्रदीप खड्का र जसिता गुरुङ फिल्मको छायाँकनमा नै व्यस्त छन्। प्रदीप र जसिताको अभिनय रहने फिल्म ‘लभ स्टेशन’को आधा छायाँकन सकिएको छ। फिल्मको छायाँकन ११ असोजबाट दार्जिलिङदेखि सुरु भएको निर्माता गोबिन्द शाहीले तिहारअघि नै टिम काठमाडौं फर्कने बताए। उनले भने ‘हामीले दुई ओटा गीत सहित ५० प्रतिसत छायाँकन सकेका छौं। तोकिएको समय ३५ दिनमै छायाँकन सकेर हामी तिहार अघि नै काठमाडौं फर्कन्छौं। फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोललगायतको अभिनय रहनेछ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *