Search
Sunday 16 December 2018
  • :
  • :
Latest Update

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो,५५ जना घाइते

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो,५५ जना घाइते

नुवाकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा ५५ जना घाइते भएका छन् । दुर्घटनामा परी नुवाकोटको पञ्चकन्या गाँउपालिका–४ थप्रेकका २८ वर्षीया मिनु तामाङ र ५९ वर्षीय भगवान कडेंल तथा चितवन स्थित मुग्लिङका ५६ वर्षका बलराम तिवारी रहेका छन् । नुवाकोट प्रहरी प्रमुख बसन्तबहादुर कुंवरको अनुसार तामाङ र तिवारीको घटनास्थलमा नै मृत्यु भएको र कँडेलको उपचारको क्रममा काठमाडौ स्थित ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।दुर्घटनामा परी ५५ जना घाइते भएका छन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *