Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

मलेसियामा छायांकनरत “तिम्रो मनको” भिडियो रिलिज, पदम र कल्पना एक अर्कामा दुबे यसरी

मलेसियामा छायांकनरत “तिम्रो मनको” भिडियो रिलिज, पदम र कल्पना एक अर्कामा दुबे यसरी

दर्पणनेपाल डटकम :
सम्पूर्ण छायांकन मलेसियामा गरिएको गगन सरगम र अन्जना गुरुङको स्वरमा सजिएको “तिम्रो मनको” बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ | आधुनिक शैलीमा तयार गरिएको यस गीतमा युगज्योति क्रियाशीलको शब्द र निम संगीतको संगीत रहेको छ | दशैंको नजिक प्रेमजोडीहरुको लागि यो गीत रिलिज गरिएको देखिन्छ | गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ | भिडियोमा मोडल पदम लामा र कल्पना गुरुङको अभिनय रहेको छ | २ मोडलको जोडी भिडियोमा राम्रो सुहाएको छ भने अभिनय पनि दुवैले राम्रो प्रस्तुत गरेका छन् |

भिडियोमा सुन्दर लावतीको छायांकन र निर्देशन रहेको छ भने सम्पादन राजेन्द्र खड्काले गरेका छन् | भिडियोलाई म्युजिक नेपालको युटुब च्यानलबाट रिलिज गरिएको हो | पछिल्लो समय मोडल पदम लामाको भिडियो कम मात्र आउन थालेको थियो | अहिलेको यो भिडियो पनि धेरै लामो समयको अन्तराल पछि आएको हो | तर अब भने एक पछि अर्को भिडियो बाहिर आउने पदम लामाले बताएका छन् | मलेसियामा नै बसेर उनले नेपाली म्युजिक भिडियोमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् | उनको मेहेनत र कामको सहि ढंगले मुल्यांकन पनि दर्शकहरुबाट भईरहेको छ | उनले दर्शकहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् |

आगामी दिन अझै राम्रो गर्दै जाने प्रतिबद्धता समेत उनले जाहेर गरेका छन् | नेपाली म्युजिक भिडियो क्षेत्रमा उनलाई सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको छ | तर आगामी दिन उनले आफ्नो क्षेमतालाई कुन हद सम्म माथि लिएर जाने हुन् त्यो भने हेर्न बाँकी नै छ | तर आफुले दर्शकहरुको सुझाबलाई नै आत्मसाथ गर्दै आफ्नो प्रस्तुतिमा परिवर्तन लिएर आउदै गरेको उनको भनाई रहेको छ | आगामी दिन अझै मेहेनत गर्ने र दर्शकहरुलाई खुशी बनाउने विश्वास समेत उनले ब्यक्त गरेका छन् |

हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *