Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

चङ्गाचेट’को ‘गोजीमा दाम छैन’ लाई करोड बढी दर्शक

चङ्गाचेट’को ‘गोजीमा दाम छैन’ लाई करोड बढी दर्शक

काठमाडौं।चलचित्र ‘चङ्गाचेट’ को गीत ‘गोजीमा दाम छैन’ले १ करोड बढी दर्शक पाएको छ । दिन प्रतिदिन लोकप्रिय बनिरहेको चलचित्रको यो गीतले समाचार तयार गर्दासम्म १ करोड ५ लाख बढी पटक हेरिएको छ । रिलिज भएकै भोली पल्टदेखि ट्रेन्डिङ रहन सफल यो ओएसआरले आफ्नो आधिकारिक युट्युव च्यानलमार्फत बाहिर ल्याएको हो । गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षत्री र पारमिता राज्यलक्ष्मी राणा माथि फिचरिङ गरिएको छ । यी ६ जना कलाकार गीतमा ३ जोडीका रुपमा प्रस्तुत भएका छन् ।

राजनराज शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीको स्वर रहेको गीतमा राजनराजकै संगीत र हरिहर तिमिल्सिनाको शब्द रहेको छ । चलचित्र दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् । गीतको धेरै म्युजिकल्ली भिडियो बनेर युट्युवमा अपलोड समेत भएका छन् । ‘रिलिज भएको छोटो समयमा कुनै पनि गीतको म्युजिकल्ली भिडियो यति धेरै निर्माण भएको यो नै पहिलो हो’ निर्देशक खनालले भने ।

चलचित्रको केही दिन पहिले सार्वजनिक ट्रेलर पनि अहिले दर्शकको रुचिमा पर्न सफल भएको छ । ट्रेलर सार्वजनिक भएपछि चलचित्रको बिषयमा दर्शकले सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन् । गीतमा निरज कँडेल र नवराज उप्रेतीको छायाँकन रहेको छ । ‘चङ्गाचेट’ माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर बनाएका हुन् । १६ कात्तिकबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदैछ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *