Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

नक्कली आँशुमा झुक्याउने चेलीहरु : छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभा र पीडित भनिएकी कल्पना दर्जीको वास्तविकता बाहिरियो ! (भिडियो सहित)

नक्कली आँशुमा झुक्याउने चेलीहरु : छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभा र पीडित भनिएकी कल्पना दर्जीको वास्तविकता बाहिरियो ! (भिडियो सहित)

छोरा हराएको भन्दै रुदै लाईभ आएकी शोभाको वास्तविकता यस्तो !

काठमाडौं । गएको कार्यक्रममा विद्यालयबाट आफ्नो छोरा हराएको भन्दै शोभा खड्का नाम गरेकी महिला रुदै लाईभ कार्यक्रममा आएकी थिइन् ।

उनले रुदै आफ्नो रुदै लाईभ कार्यक्रममा आएकी लगेको भनेपछि हामीले यस विषय थप फलोअप गरेका छाैं । उनले छोराछोरीले अध्ययन गर्ने इनभेटिभ स्कुलबाट बेपत्ता भएको भने पनि उनिहरु आफ्नै हजुरबा हजुर आमासँग नुवाकोटमा रहेको पाइएको छ ।

विद्यालयमा दशै बिदा शुरु भएपछि बालबालिकाका बाबु सुरेन तामाङले परिवारका अन्य सदस्यसँग पठाइदिन भनेपछि बिद्यालयले उनका काका नेमा तामाङलाई जिम्मा लगाएको थियो ।

तर पारिवारिक विवाद भएकै कारण शोभा खड्काले भने छोराछोरी आँफुलाई जिम्मा नलगाई अरुलाई जिम्मा लगाएको भन्दै बिद्यालय, प्रहरी अनि हाम्रो कार्यक्रममा समेत गुनासो गरेपछि बुधबार विद्यालयले छोराछोरी र आमालाई तीनकुने प्रहरीमा उपस्थीत गराएको थियो ।

छोराछोरीले भने काकासँगै नुवाकोट जाने मन गरेपछि हजुरबा हजुरआमाकै घरमा फर्किएका छन् । श्रीमान श्रिमतीबीच राम्रो सम्बन्ध नभएपछि बच्चाहरुको हेरचाह वुवालेनै गरिरहेका छन् ।

छोरा छोरी पनि आमासँंग भन्दा हजुरबा हजुर आमाँगै बस्न रुचाउँछन् । यसरी शोभा खड्काले विद्यालयले बेपत्ता बनाएको भनि लगाएको आरोप गलत सावित भएको छ ।

पीडित भनिएकी कल्पना दर्जीको वास्तविकता बाहिरियो !

सामाजिक सञ्जालको व्यापकतासँगै यसको दुरुपयोग पनि बढ्दो छ । पछिल्लो समयमा विदेशमा समस्यामा पर्ने वित्तिकै फेसबुक मार्फत भिडियो लाइभ गर्ने र भाइरल गराउने परम्परा नै बनेको छ । धेरै जसो वास्तविक पीडित हुने भएपनि केहि व्यक्तिहरुले भने सामाजिक सञ्जाल र सञ्चार माध्यमा छाउने बाटो मात्रै बनाएका हुन्छन् ।

केहि महिना पहिले सिरियामा दुख पाएको भन्दै हाम्रो नाममा भिडियो रेर्कड गरेर भाइरल भएकी धनकुटा महालक्ष्मी नगरपालिका ९ की कल्पना दर्जीको भिडियो प्रशारण मात्रै गरेनौँ उनको परिवारको खोजी गरि उनका बाबुसँग पनि कुरा गराैं ।

तर कल्पना दर्जीको वास्तविकता पनि फरक रहेछ । यो भिडियो भाइरल भएपछि उनी कार्यरत घरका मालिकसँगै बसेर आँफु राम्रो अवस्थामा रहेको भन्दै अर्को भिडियो पठाइन् । यसरी कल्पना दर्जीले पनि भाइरल हुनैका लागि भिडियो रेर्कड गरेको देखिएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *