Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

धमलाको हमलामा एलिजाले गरिन् उल्टै हमला, ऋषिको अनुहार अँध्यारो

धमलाको हमलामा एलिजाले गरिन् उल्टै हमला, ऋषिको अनुहार अँध्यारो

काठमाडौं । नेपालका चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली चलचित्रमा डेब्यु गर्दैछिन्। उनी धमलाको नै प्रस्तुति रहेको चलचित्र अनुरागमा नायिकाको भूमिकामा छिन्। चलचित्र असोज १२ गते देखि प्रदर्शनमा आउंदैछ।

चलचित्र अनुराग सांगीतिक प्रेमकथा हो। यसै विषयमा धमलाले आफ्नो कार्यक्रम धमलाको हमलामा निम्त्याएपछि धमला पत्नी एलिजाले धमला माथी नै हमला गरेकी छिन्। कार्यक्रममा धमलाले अरु पाहुनालाई जसरि नै प्रश्न गरेका छन् भने एलिजाले आत्मविश्वासका साथ उत्तर दिएकी छिन्। धमलाले जनता जान्न चाहन्छन् भन्दा उनले उल्टै जनता जान्न चाहन्नन् भन्ने जवाफ समेत दिएकी छिन्।

एलिजाले सानै देखि आफू चलचित्र क्षेत्रमा लाग्ने अठोट लिएकोले विवाह नभएको भएतापनि आफू चलचित्रमा लाग्ने बताएकी छिन्। उनले विवाह गरेर बच्चा जन्माएर पनि आफ्नो सपनामा असर नगर्ने बताएकी छिन्। उनले धमलालाई विवाहित र अविवाहित भन्ने प्रश्न गर्न नहुने भनेर समेत हमला गरेकी थिइन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *