Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

सरकार! सिके राउतलाई कि फाँसी चढाउ,कि काशी धपाउ!

सरकार! सिके राउतलाई कि फाँसी चढाउ,कि काशी धपाउ!

काठमाडौं।ज्ञानेन्द्र कुरुम्भङ(पखेरे कान्छा)इतिहासको कालखण्ड लाई फर्केर हेर्ने हो भने,नेपालले कैयौंपटक राजनीतिक छलाङ मार्न सफल भएको छ। चाहे त्यो राणा शासन विरुद्धको २००७ सालको क्रान्ति होस या २०१७ सालको क्रान्ति।२०३६ सालको जनमत संग्रह होस या २०४६ सालको पहिलो प्रजातान्त्रिक जनआन्दोलन।दस वर्षे जनयुद्ध पछीको २०६२/६३ सालको दोस्रो जनआन्दोलन नै किन नहोस् ती युगान्तकारी परिवर्तनहरु इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिएका छन। दोस्रो जन आन्दोलनको सफलता पछि,नेपालको राजनीतिले यति छिटो गति लियो कि श्रीपेज धारी राजतन्त्रलाई अलविदा गरेर,गणतन्त्रको घोषणा गरियो।२०६४ सालमा नेपालको इतिहासमा पहिलोपटक ऐतिहासिक संविधानसभाको निर्वाचन सम्पन्न भयो।तर राजनीति मतभिन्नताका कारण अल्पआयु मै पहिलो संविधानसभाको घाटी निमोठियो।२०७० सालमा पुनः दोस्रो संविधानसभाको निर्वाचन भयो।त्यो निर्वाचनले जन्माएको संविधानसभाले असामान्य परिस्थितिका बाबजुद पनि २०७२ असोज ३ गते नयाँ संविधान जारी गर्‍यो।जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो नेपाली जनताको सपना साकार भएको थियो।

नेपालको गणतान्त्रिक धरातलमा संविधान जन्मिएको भर्खर तीन वर्ष पुग्दैछ। गत बुधबार मुलुक भर संविधान दिवस मनाइयो।जारी संविधानलाई लिएर कतिपय आदिवासी,जनजाति र मधेसवादी दलहरू ले कालो दिनको रूपमा लिदै बिरोध पनि जनाए।बिरोध गर्न पाउनु लोकतान्त्रिक गणतन्त्रले दिएको स्वतन्त्र अधिकार पनि हो। तर बिरोधका नाममा प्रदेश नम्बर -२ को राजधानी जनकपुरमा राष्ट्रप्रेमि नेपालीहरुले सहनै नसक्ने गतिविधिहरु भए।स्वतन्त्र मधेसको अभियान चलाइरहेका डा.सिके राउतको समुहले संविधानको बिरोध गर्दै देश टुक्राउने गतिविधिहरु गरे।ठुलाठुला ब्यानरमा “मधेस एशियामा नयाँ देश हो” ,”मधेस नेपाल होईन”, “स्वतन्त्र मधेस”, “गुड बाई नेपाल ” लेखिएका थिए।जो नेपाल र नेपालीका निम्ति सह्य बिषय होईन।नेपाल अहिलेसम्म कुनै पनि देशको उपनिवेश वा अरुको अधीनमा नरहेको देश हो। यस्तो गर्विलो इतिहास बोकेको देशमा,डा.सिके राउतको यस्तो क्रियाकलापले जुनसुकै नेपालीको पनि रगत उम्लिन्छ।हामी नेपालीले आफ्नो जन्मभूमिलाई आमाको दर्जामा राखेका छौँ। यसरी आफ्नि आमाको एक अंग अलग्याउने कुरोले देशभक्त नेपालीको रगत अवस्य तात्तिन्छ।

डा.सिके राउतले राष्ट्रिय अखण्डता माथी यसरी पटकपटक धावा बोल्दा समेत ,नेपाल सरकार भने टुलुटुलु रमिता हेर्दैछ।राष्ट्र र राष्ट्रिय स्वाधीनता माथी क्षेप्यास्त्र प्रहार हुँदा राज्य चुपचाप छ।यतिबेला नेपाल सरकार कुम्भकर्ण निद्रामा छ।मानी लिऔं सरकार कोमामा गएको बिरामी झैँ भएको छ।नत्र हैन भने दुई तिहाई बहुमतको सरकार यति निरिह किन?सरकारको बिरोध गर्नेहरू माथी आफ्ना कार्यकर्ता लाई अरिंगल बनेर जाइलाग्न आदेश दिने प्रधानमन्त्री ओलिको बोलि,यस्तो गहन मुद्दामा किन बन्द?प्रधानमन्त्री ओलि देशका प्रधानमन्त्री हुन कि पार्टीका मात्रै प्रधानमन्त्री हुन ? यदि देशकै प्रधानमन्त्री हुन् भने आफ्नो नैतिक जिम्मेवारीबाट किन पन्छिन खोज्दैछन? के गृहमन्त्री र रक्षामन्त्रीको जिब्रोमा क्यान्सर लागेको छ र बोल्नै नमिल्ने?भारत,चीन, बेलायत र अमेरिका जस्तो देशमा देश टुक्राउने चेतावनी दिएमा ,के ति देशका सरकार पनि यसरी नै चुपचाप बस्थे? कदापि बस्दैन थेँ किनकि नेपाल सरकार जस्तो निकम्मा छैनन् त्यहाँको सरकार र नेता।ऊनीहरुले बुझेका छन् आफ्नो माटो प्रतिको माया।ऊनीहरुले गर्न जान्दछन आफ्नो देशको सम्मान। ऊनीहरुले गर्न सक्छन् आफ्नो देशको सुरक्षा। तर हाम्रो देशको सरकार भने डा.सिके राउतलाई कारबाही गर्न खुट्टा कमाउदैछ। एक राज्यद्रोहलाई पक्राउ गर्न नेपाल सरकार डरले थरथर काप्दैछ। एउटा नाथु देशद्रोहीलाई पाता कस्न नसक्ने हुतिहारा मन्त्रीहरु फगतमा कुर्सी किन ओगट्नु? एक पाल्तु कुकुरलाई कानुनको साङ्लोले बाध्न नसक्नेहरु ले राष्ट्रियताको गफ किन चुट्नु ? जनतालाई साक्षी राखेर देश बनाउछु भन्नेहरू हो, अलिकति लाज र सरम बाकी छ भने डा.सिके राउतलाई तुरुन्त गिरफ्तार गरेर कारबाही गर। नत्र वीर सहिदका रगतले धिकार्ला,यो देशले धिकार्ला, अनि यो देशको माटोले धिकार्ला याद राखेस।

बन्दुक बोकेर जनताको रक्षार्थ अहोरात्र खट्ने सुरक्षाकर्मीबाट गुन्डाहरु इन्काउन्टरमा मारिन्छन। अपहरणकारीलाई इन्काउटर गरिन्छ तर एक राष्ट्रघातीले देश र कानुनलाई ठाडै चुनौती दिई रहदा इन्काउन्टर गर्ने त्यो बन्दुक कहाँ गयो? त्यो गोलि गठ्ठा कहाँ गयो? नियन्त्रणमा आइ सकेको अपराधीलाई इन्काउन्टर गरेर हिरोइज्म कमाउने त्यो भुत कहाँ गयो? नेपाल आमाको अनुहारमा सु-सु गर्दा सुरक्षा निकाय किन मुखदर्शक? यी प्रश्नहरु ले पंक्तिकारको मनमा डेरा जमाएर बसेका छन।डा.सिके राउत साम्राज्यवादि र विस्तारवादिका इसाराले चल्ने एक पाल्तु कुकुर हुन्।अहिले नभएपनी कालान्तरमा गएर यिनले देशलाई टोक्न सक्छन्।सुन्दर यो देशलाई रेविज रोग सार्न सक्छन्।नेपाल आमालाई बलात्कार गर्न सक्छन्।नेपाल र नेपालीलाई अश्लील शब्द प्रयोग गर्ने यिनी राष्ट्रका लागि घातक बन्न सक्छन् ।राष्ट्रिय अखण्डता माथि धावा बोल्ने,विखण्डनकारी डा.सिके राउत धर्तीका बोझ हुन्।यिनलाई बाँच्ने कुनै अधिकार छैन।त्यसैले हिम्मत र सामर्थ्य छ भने “सरकार! सिके राउतलाई “कि फाँसी चढाउ, कि काशी धपाउ”। भनाइको तात्पर्य यो हो “क्यान्सर लागेको भागलाई बेलैमा शल्यक्रिया गरेर फालौं”।अनि बल्ल बन्छ स्वस्थ राष्ट्रियता,स्वस्थ स्वाभिमान।
जय नेपाल! जय नेपाली!!


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *