Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

सावधान ! दाँत माझ्ने या दातलाई सफ़ा गर्ने ब्रस बाथरुममा भुलेरपनि नराख्नुहोस : कारण यस्तो छ…

सावधान ! दाँत माझ्ने या दातलाई सफ़ा गर्ने ब्रस बाथरुममा भुलेरपनि नराख्नुहोस : कारण यस्तो छ…

दाँत माझिसकेपछि ब्रस सफा गरेर बाथरुमकै ब्रस टोकरीमा राख्ने चलन हुन्छ प्रायः । तर शोधकर्ताहरुका अनुसार बाथरुममा ब्रस राख्नु निकै हानिकारक हुन्छ । बाथरुममा ब्रस राखेर छोड्नाले त्यसमा दिसाका कणहरु टाँसिने सम्भावना ६० प्रतिशत हुन्छ । अझ बाथरुमलाई धेरै जनाले प्रयोग गर्ने हो भने त ब्रसमा टाँसिने दिसाका ८० प्रतिशत कण अरु मानिसकै हुन्छन् ।

अमेरिकाको कनेक्टिकटस्थित क्विनीपियाक विश्वविद्यालयका शोधकर्ताहरुले साझा बाथरुममा दिसामा हुने कोलिर्फम ब्याक्टेरिया कसरी फैलिन्छ भन्ने बारेमा अध्ययन गरेका थिए ।

मानिसको दिसामा हुने रडको आकारका कोलिर्फम ब्याक्टेरिया ट्वाइलेटमा फ्लस गर्दा लगायतका बखत हावाको माध्यमबाट फैलिने टुथब्रस लगायतका चिजमा फैलिने पाइएको छ ।

शोधकर्ता लरेन एबेरका अनुसार आफ्नै दिसा आफ्नो टुथब्रसमा फैलिने मात्र होइन अन्य व्यक्तिहरुको दिसा समेत टुथब्रसमा फैलिने जोखिम रहन्छ, जसमा ब्याक्टेरिया, भाइरस तथा परजिवीहरु समेत हुन्छन् ।

यसरी दाँत माझ्ने ब्रसमा टाँसिएका ती हानिकारक ब्याक्टेरिया, भाइरस तथा परजिवीहरु दाँत माँझ्ने क्रममा मानिसको मुख हुँदै सरीरभित्र प्रवेश गर्दछन् । सरीरभित्र मात्र होइन छाला तथा कान लगायतका अंगमा समेत ती जिवाणुहरुले संक्रमित गर्दछन् ।

अध्ययनका क्रममा कम्तीमा पनि ९ जनाले प्रयोग गर्ने साझा बाथरुममा राखिएका टुथब्रस संकलन गरियो । त्यसक्रममा ६० प्रतिशत टुथब्रसमा दिसाको अंश पाइयो । शोधकर्ताहरुका अनुसार ५४.८५ प्रतिशत टुथब्रसमा दिसामा पाइने कोलिर्फम पाइयो । टुथब्रसमा पाइएका दिसामध्ये ८० प्रतिशत दिसाको अंश सम्बन्धित व्यक्ति भन्दा अन्य व्यक्तिको रहेको पाइएको थियो ।

शोधकर्ताहरुले साझा बाथरुम प्रयोग गर्ने मानिसहरुमा दाँत माझ्ने ब्रसमार्फत रोगको संक्रमण हुने जोखिम उच्च रहने भन्दै व्यक्तिगत सरसफाइ तथा दाँत माझ्ने ब्रसको सुरक्षामा ध्यान दिन सल्लाह दिएका छन् । त्यसका लागि दाँत माझ्ने ब्रसलाई बाथरुमभित्रै छाड्नुको साटो बस्ने कोठाभित्रै ल्याएर सुरक्षित राख्नुपर्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *