Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

नहरमा फालिएको अवस्थामा एक महिलाको शव फेला पर्यो..

नहरमा फालिएको अवस्थामा एक महिलाको शव फेला पर्यो..

नहरमा फालिएको अवस्थामा एक महिलाको शव भेटियो।
महेन्द्रनगर, भीमदत्त नगरपालिका २ महुलिया स्थित एक नहरमा फालिएको अवस्थामा एक महिलाको शव भेला परेको छ । शनिबार (आज)बिहान भाँसी महुलीया नहरमा तैरीरहेको अवस्थामा महिलाको शब देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

नहरको पानीमा डुबेर तैरिरहेको अवस्थामा दैलेखको घुर्ती घर भई हाल महेन्द्रनगर बजार बाट २ किलोमीटर टाढा भाँसी चोकमा तरकारी बेचेर गुजारा गर्दै गरेकी ५५ बर्षीय आइती सार्की आफ्नी छोरी र आफन्तसँगै बसेर तरकारी ब्यवसाय गर्दै आएकी थिइन् ।

उनी भाँसी चोक नजिकै कोठा भाडामा बस्दै आएकी थिइन । शरीरमा कुनै घाउ, चोट पटक नरहेको तर घटना भने रहश्यमय रहेको छ ।

कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतका अनुसार मृतक सार्कीको शब पोस्टर्माटमका लागि महेन्द्रनगरको महाकाली अञ्चल अस्पताल पठाइएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *