Search
Thursday 17 January 2019
  • :
  • :

एसिड प्रहार गर्ने आक्रमणकारी कीन पक्राउ परेनन्, उपचारमा आर्थिक अभाव..

एसिड प्रहार गर्ने आक्रमणकारी कीन पक्राउ परेनन्, उपचारमा आर्थिक अभाव..

हाम्रो समाजमा कहीले बलात्कार त कहीले एसिड त कहीले नीरमम हत्य जस्ता महीला हीम्सा कहीले सम्म? सुतिरहेकै वेला दिदीबहिनीमाथि एसिड प्रहार गरी फरार आक्रमणकारीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।कीन?

रौतहटको चन्द्रपुर नगरपालिका–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत मंगलबार मध्य रात एसिड प्रहार भएको थियो । तर, चार दिन बित्दासमेत घटनामा संलग्न पक्राउ परेका छैनन् ।एसिड आक्रमणबाट घाइते भएका दिदीबहिनीको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि आर्थिक समस्या भएपछि उनका अभिभावकले सहयोगको आग्रह गरेका छन् ।
चन्द्रपुरमा विभिन्न समूह र व्यक्तिले उपचारका लागि आर्थिक सहायता जुटाउने प्रयास गरिरहेका छन् । आर्थिक अवस्था नाजुक रहेका दिदीबहिनीको उपचारका लागि आर्थिक सहयोग जुटाउने काम भइरहेको महिला अधिकारकर्मी देवकी नेपालले जानकारी दिइन् ।

पीडितका बाबु जादोलाल दासले सुतिरहेका आफ्ना छोरीहरूमाथि आक्रमण भएको तर, यतिका दिनमा पनि अपराधी पक्राउ पर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।
तर, डिएसपी युवराज खड्काले घटनाको अनुसन्धान भइरहेको तथा फरार अपराधीको खोजी भइरहेको दाबी गरे ।

नागरिक अगुवा तथा राजनीतिक दलका नेता–कार्यकर्ताले घटना भएको चार दिन बित्दासमेत प्रहरीले आक्रमणकारीको पहिचान गर्न नसक्नु दुःखलाग्दो कुरा भएको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *