Search
Tuesday 25 September 2018
  • :
  • :
Latest Update

छोरीको साथमा किन एक्कासी नेपाल आए,बलिउड अभिनेता गोविन्दा(भिडियो हेर्नुहोस नेपालीमै बोले)

छोरीको साथमा किन एक्कासी नेपाल आए,बलिउड अभिनेता गोविन्दा(भिडियो हेर्नुहोस नेपालीमै बोले)

काठमाण्डौ – बलिउडका सुपर स्टार गोविन्द अहुजा आज शनिवार काठमाडौँ आइपुगेका छन्। उनी आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । राष्ट्रिय सभागृहमा आइतबार हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्द छोरी टीमसहित काठमाडौँ आइपुगेका हुन्।

दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन् । उक्त अवार्डमा २०७४ सालको बैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्महरूलाई समेटिएको छ र लाइफटाईम अचिभमेन्ट सहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ।

अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकेको छ। एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ । गोविन्दको श्रीमती नेपाली हुन् र यो सायदै सबैलाई थाहा होला । त्यसैले पनि होला उनलाई नेपाल आउन र नेपाली बोल्न उत्तिकै रमाइलो लाग्छ ।

यही कार्यक्रममा तपाईँलाई नपाली बोल्न आउँछरु बोलेर सुनाउनुस् भन्दा उनले नेपालीमा बोले पनि र भने विस्तारै बोल्यो भने म नेपाली सबै बुझ्छु किनकि मेरी श्रीमती नेपालकै हुन् ।भिडियोमा हेर्नुहोस् :

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *