Search
Monday 12 November 2018
  • :
  • :
Latest Update

फुटपातमा चित्र बनाएर जीवन गुजारा गर्दै ! रत्नर्पाकमा उनलाई गोलो घेरा हालेर सबैले उनको चित्र हेर्छन् ,

फुटपातमा चित्र बनाएर जीवन गुजारा गर्दै ! रत्नर्पाकमा उनलाई गोलो घेरा हालेर सबैले उनको चित्र हेर्छन् ,

काठमाडौँ । उनी चित्रकार त हाेइनन् तर चित्रकार कमी पनि छैनन् । उनले फुटपातमा चित्र बनाएर जीवन गुजारा गर्दै अाएका छन् ।रत्नर्पाकमा उनलाई गोलो घेरा हालेर सबैले उनको चित्र हेर्छन् । उनी आनन्दसाथ चित्र बनाउँछन् । भारतबाट १७ वर्ष अगाडि नेपाल आएका आनन्द पासवान हुन् उनी । उनको दुवै हात र दाहिने खुट्टा छैन। उनले दुई हातका कुहिनाको सहारामा चित्र बनाउँछन् ।उनको कलम समात्ने तरिका बेग्लै छ। कुइनाका टुप्पोले कलमको बिँड समात्छन्।  कुइनोमा टुंगिएको उनको आधा हातले उनी कागजमा चित्र बनाउँछन्। रङ भर्छन्। हेर्ने सबैलाई चकित बनाउँछन् ।

कहिले रत्नपार्क त, कहिले  बसन्तपुर, कहिले कहाँ, कहिले कहाँ यसरीनै चित्र बनाएर नै दिन बित्ने गरेको छ उनको, चित्र बनायो बेच्यो। उनले चित्र बनाउन पनि सिकेका छैनन्, केवल उनको परिकल्पना मात्रै हो । कल्पना गरेरै यति राम्रो चित्र बनाएछन् ।उनी अहिले आमासँग न्युरोडमा एउटा सानो कोठा लिएर बस्दै आएका छन् । उनको बुबा बितिसकेका छन्  । उनले भने ‘बुबा बिरामी भएर बित्नुभयो। अहिले आमासँग बस्दै आएको छु, आमा पनि रोगि हुनुहुन्छ केही काम गर्न सक्नुहुन्न । सबै खर्च मैले नै जुटाउँदै छु, बुबाको उपचारमा धेरै ऋण लाग्यो। अहिले चित्र बेचेको पैसाले ऋण तिर्दै छु ।’

उनका दुई दाजु र दुई दिदीहरू छन् । तर अहिले कहाँ कहाँ छन् उनलार्इ थाहा छैन, उनीसँग कुनै सम्पर्क नै छैन । उनले भने ‘दाजुहरूले पनि विवाह गर्नुभयो । दिदीहरूले पनि विवाह गर्नुभयो । विवाह भएपछि दिदीहरू आफ्नो घर गई हाल्नु भयो । विवाहपछि दाजु भाउजूले राम्रो गर्नु भएन अनि हामी नेपाल आयौँ । बुबा पनि नौ वर्ष अगाडि नै बितिहाल्नु भयो । अब आमा हुनुहुन्छ उहाँको स्याहार सुसार गर्नु छ ।’

उनले सडकमा चित्र बनाएरै जसोजतो जीवन गुजारा गर्दै अाएका छन् ।  कसैले चित्र हेरेर मात्र जान्छन् त कसैले किनेर पनि लान्छन् । कसैले चाहिँ आफ्ना दयामायाले अलिक बढी पैसा दिएर पनि जान्छन् । उनले भने , ‘मेरो कला कदर होस् र मेरो समस्यामा पनि केही मद्दत होस् भनेर मूल्य तोकेको हो।’ ‘मैले बनाएको चित्र हेरेर सहयोग गरिदिनुहोस’ भनेर लेखेका छन् । बाटोमा चित्र किन्नेहरुले किन्छन्, नकिन्नेले पनि उनलाई १०, २० रुपैयाँ सहयोग पनि  सहयोग गर्छन्।

जन्मँदै दुई हात र दाहिने खुट्टा नभएपछि परिवारले उनलाइै सडकमा माग्न पठायो। केही वर्ष बाटोमा मागेरै बिताएको उनी बताउँछन्। तर उनका आत्मबलले सधैँ माग्न दिएन। ‘माग्दा–माग्दा मलाई दिक्क लाग्यो। हात छैन त के भयो, केही न केही त गर्न सकिन्छ होला भन्ठानेँ। बाटोमा आफ्नो अशक्तता देखाएर माग्ने काम साह्रै दुःख लाग्दो। अनि बिस्तारै कुइनोबाट टुंगिएका हातका मांसपेशीले माटोमा कोर्दै बस्न थालेँ। आफ्ना कल्पनाका चित्र माटोमा कोर्न थालेँ,’ उनले विगत सम्झँदै भने।

उनले  सुरुसुरुमा  आफू बसेकै ठाउँमा भएको माटोमा आफ्ना कुइनाका स–साना मांसपेशी चलाउन थाले। उनले हिम्मत जुटाए । उनले भने ‘भगवान् सम्झिए, स्वरूप कोर्न थाले। आफूले बनाएका भगवानका आँखा, नाक उनलाई राम्रो लाग्न थाल्यो।’ आँखा र नाकबाट चित्र बनाउन सुरु गरेका उनी अहिले गणेश, शिव, काली, बुद्धको फरक–फरक अवतारमा चित्र बनाउन सक्छन्। उनी आफ्नै तस्बिर पनि बनाउँछन्, जुन उनका निम्ति सबैभन्दा प्रिय हो।उनी बाटोमा बस्न थालेकै १९ वर्ष भयो। हरेक दिन उनी सामान बोकेर आफैँ आउँछन्, बैसाखी टेक्दै। साँझ परेपछि फेरि उसैगरी डेरा फर्कन्छन्। उनीसँग जे कला छ त्यो निकै अभुतपूर्व छ। उनको काम प्रेरणादायी छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *