Search
Tuesday 25 September 2018
  • :
  • :

विद्यार्थीले परीक्षामा चिट चोर्न यतिसम्म गरिन, शिक्षक नै अचम्ममा

विद्यार्थीले परीक्षामा चिट चोर्न यतिसम्म गरिन, शिक्षक नै अचम्ममा

परीक्षामा विद्यार्थीले चिट नचोरून् भनी अनेकथरी नियम बनाइएको हुन्छ तैपनि विद्यार्थीहरू नयाँ नयाँ उपाय अपनाएर चिट चोरिहाल्छन् । यस्तै एक मामिला आजकल सामाजिक सञ्जालमा हिट भइरहेको छ ।

एक छात्राले चिट चोर्नका लागि अपनाएको उपाय देखेर सबै छक्क परेका छन् । चिट चोर्न यस्तो दिमाग लगाउनेले पढ्नमा दिमाग खर्चेको भए कति राम्रो हुन्थ्यो भन्ने टीकाटिप्पणी पनि आएका छन् । एन्ड्रिया नामक छात्राले फिजिक्सको जाँचमा ठूला ठूला फर्मुलाहरू नङभित्र लुकाएर ल्याइन् । लामा नङ हुनाले कसैले पनि उनीमाथि शंका गरेन ।

शिक्षकले पनि कुनै केटीले नङभित्र चिट लुकाएर चोर्न सक्छन् भन्ने अनुमान गर्न सकेनन् । परीक्षा दिइसकेपछि उनले यो आइडिया सामाजिक सञ्जालमा शेयर गरिन् । तस्वीर हेरेपछि अन्य महिला पनि परीक्षामा राम्रो नम्बर ल्याउनका लागि अब नङ बढाउनुपर्ला भन्दै कमेन्ट गरिरहेका छन् । एजेन्सीको सहयोगमा राजमार्ग डट कम


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *